एजेन्सी । भारतमा एकै दिन १७ जनामा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन भाइरस देखिएको छ । पछिल्लो २४ घन्टामा राजस्थानमा नौं र महाराष्ट्रमा आठ जनामा ओमिक्रोन देखिएको हो ।
योसँगै भारतमा ओमिक्रोनबाट संक्रमित हुनेको संख्या २१ जना पुगेको छ । भारतमा दक्षिण कोरियाबाट आएका र उनीहरुको सम्पर्कमा रहेका व्यक्तिमा ओमिक्रोन देखिएको छ ।
यसअघि कर्नाटकमा दुई जनामा र गुजरात तथा दिल्लीमा एक एक जनामा ओमिक्रोन देखिएको थियो । अहिलेसम्म अमेरिका अस्ट्रेलिया बेलायत नेदरल्यान्डसहित २५ देशमा ओमिक्रोन देखिएको छ ।
तपाईंको प्रतिकृया




