गुरु घिमिरेले दिए पुनः मतगणनाका लागि निवेदन

काठमाडाैँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत प्रदेश नम्बर-१ को पदाधिकारीको मतगणना पुनः गर्न माग गरिएको छ । दुई मतले पराजित गुरु घिमिरेले निर्वाचन समितिलाई निवेदन दिएर पुनः मतगणना गर्न माग गरेका हुन् ।

मत परिणाममा चित्त नबुझेपछि पुनः मतगणनाको माग गर्दै निवेदन दिएको घिमिरेले बताए । ‘पुनः मत गणनाको माग गर्दै केन्द्रीय र प्रदेश निर्वाचन समितिमा लिखित निवेदन दिएको छु,’ उनले भने, ‘परिणाममा मलाई चित्त बुझेको छैन ।’

पौडेल-कोइराला पक्षका घिमिरे संस्थापन पक्षका उम्मेदवार उद्धव थापासँग दुई मत अन्तरले पराजित भएका छन् । महामन्त्रीमा संस्थापनइतरका उमेश थापाबाहेक अरू पदाधिकारीमा संस्थापनका उमेदवार निर्वाचित भए ।

देउवा-सिटौला पक्ष र पौडेल-कोइरालाको पक्षको बनेको प्रदेश १ मा जम्मा १ हजार ७५२ मत खसेको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

5

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य