नेपाल निजामति कर्मचारी यूनियन शहरी विकास विभागको प्रारम्भिक कार्य समिति गठन

नेपाल निजामति कर्मचारी यूनियन, शहरी विकास तथा भवन निर्माण विभागको प्रारम्भिक कार्य समिति गठन गरिएको छ।

शहरी विकास मन्त्रालयको विभागिय कार्यसमिति अध्यक्ष अनिलकुमार प्रधानको अध्यक्षतामा बबरमहलमा बसेको बैठकले ११ सदस्यीय प्रारम्भिक कार्य समिति गठन गरेको हो । जसको अध्यक्षमा अनिलकुमार प्रधान, उपाध्यक्ष धिरेन्द्र पौडेल, सचिब डम्मर बहादुर बम र कोषाध्यक्ष सन्तोष कार्की रहेका छन् ।

समितिको सदस्यहरुमा भृकुटी खाँड, गणेश नेपाली, केदार आचार्य, विष्णा चौधरी, मिना लम्साल, शंकरकुमार महासेठ र सुनिल आचार्य रहेका छन् ।

बैठकले शहरी विकास मन्त्रालयको विभागिय कार्य समिति गठनका लागि अन्य शहरी विकास मन्त्रालय अन्तर्गतका विभागसँग आवश्यक समन्वय गर्ने निर्णयसमेत गरेको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

यी हुन् सरकारलाई सबैभन्दा धेरै कर तिर्ने १६ करदाता (सूची)

काठमाडौं । आन्तरिक राजस्व विभागले सबैभन्दा बढी कर तिर्ने कम्पनीलाई सम्मान गरेको छ । विभागले २०७९/८० मा बढी कर तिर्ने कम्पनीलाई कर दिवसको अवसरमा शनिबार सम्मान गरेको हो । विभागका अनुसार सबैभन्दा धेरै आयकर नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले तिरेको छ । वस्तु निर्याततर्फ सबैभन्दा धेरै कारोबार गर्नेमा डाबर नेपाल छ ।

प्रतिकृया दिनुहॊस