नेपाल विद्यार्थी सङ्घका पूर्वअध्यक्ष नैनसिंह महरले नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने घोषणा गरेका छन्।
उनले आज पत्रकार सम्मेलन गरी आफ्ना १४ एजेण्डासहित कांग्रेस केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने घोषणा गरेका हुन्। कांग्रेसका युवा नेता महरले आफू कुनै पनि पदमा नदोहोरिने प्रतिबद्धता व्यक्त गर्दै पार्टीको क्रियाशील सदस्यतालाई व्यवस्थापन गर्नुपर्ने धारणा व्यक्त गरे।
डडेल्धुराबाट महाधिवेशनमा निर्वाचित उनले एक व्यक्ति, एक पद, दुई पटक मात्र, प्रशिक्षण र मापदण्डका आधारमा क्रियाशील सदस्यता वितरण हुनुपर्ने, सरकार र पार्टी सञ्चालनका लागि ‘थिंक ट्यांक’ स्थापना गर्नुपर्ने बताए।
नेता महरले बीपी विचारको समयसापेक्ष कार्यान्वयन, व्यवहार र आचरणमा शुद्धता, आर्थिक पारदर्शिता तथा रुपान्तरणका लागि युवा कांग्रेस स्थापना, लोकतन्त्रको संस्थागत विकास एवं असल नेतृत्व, कुशल व्यवस्थापनलगायतका आफ्ना विभिन्न १४ एजेण्डाका बारेमा जानकारी गराए। कांग्रेसको १४औँ महाधिवेशन मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा हुँदैछ।
प्रतिकृया दिनुहॊस