युगाण्डामा आत्मघाती हमलाका संदिग्ध मौलबीको मृत्यु

एजेन्सी । अफ्रिकी मुलुक युगाण्डामा सुरक्षा बलको कारबाहीमा एक हतियारबन्द समूहका संदिग्ध मुस्लिम मौलबीको मृत्यु भएको छ ।

अधिकारीहरुका अनुसार शेख मुहम्मद अबास किरेवु अलाइड डेमोक्रेटिक फोर्सेज (एडीएफ) का लागि भर्ती गर्दथे । यो संस्थाको सम्बन्ध इस्लामिक स्टेट समूहसँग पनि छ ।

शेख मुहम्मद राजधानी कम्पाला बाहिर गरेको कारबाहीका क्रममा मारिएका हुन् । मंगलाबार राजधानी कम्पालामा आत्मघाती हमलाकारी मोटरसाइकलमा सवार भएर आएका थिए । यो हमलामा कम्तीमा चार जनाको मृत्यु भएको थियो भने ३० जनाभन्दा बढी घाइते भएका थिए ।

आइएसले यो हमलामा आफ्नो समूहको संलग्नता रहेको बताएको छ भने सरकारले भने अलाइड डेमोक्रेटिक फोर्सेजले गराएको बताएको छ ।

यो समूहको गठन सन् १९९० को दशकमा भएको थियो । २०१९ मा इस्लामिक स्टेटमा सामेल भएको बताएपछि इस्लामिक चरमपन्थीको हमलामा तीव्रता आएको छ । मंगलबार भएको हमलापछि २१ जना पक्राउ परिसकेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

3

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य