दिल्लीमा प्रदुषण बढेपछि बोर्डको चेतावनी- दुई दिन घरबाहिर ननिस्किनु !

काठमाडौँ । भारतको राजधानी दिल्लीमा प्रदुषण बढेपछि केन्द्रीय प्रदुषण नियन्त्रण बोर्डले चेतावनी जारी गरेको छ । बोर्डले हावाको गुणस्तर खराब भएपछि गम्भीर रोगी, बच्चा, गर्भवती र बुढाबुढीलाई कम्तिमा आउदो दुई दिन घरबाहिर ननिस्किन चेतावनी दिएको हो ।

बोर्डले नोभेम्बर १८ सम्म दिल्लीमा हावाको गुणस्तर खराब हुने बताएको छ । बोर्डले चेतावनी जारी गर्दै सरकारी र निजी कार्यालयका कर्मचारी तथा सवारी साधन ३० प्रतिशत कम गर्नुपर्ने बताएको छ । शुक्रबार ४ बजे दिल्लीको हावाको गुणस्तर ४७१ पुगेको थियो ।

बोर्डले राज्य र स्थानीय निकायले आपतकालीन उपाय अपनाउनु पर्ने, स्कुल बन्द गर्नु पर्ने, निर्माण कार्य बन्द गर्न सुझाव दिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री