एमालेले आज देशभरबाट एकै पटक महाधिवेशन प्रतिनिधि छान्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज (शनिबार) देशभरबाट एकै पटक महाधिवेशन प्रतिनिधि छान्ने भएको छ । देशभर छरिएका आठ लाख बढी संगठित सदस्यले आ–आफ्ना क्षेत्रबाट महाधिवेशन प्रतिनिधि चुन्ने छन् ।

संगठित सदस्यताका आधारमा जिल्लाहरुबाट प्रतिनिधि चयन हुनेछन् । प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट निर्वाचित प्रतिनिधिमा पहिलो १२ सय संगठित सदस्यबाट एक महिला र दुई खुलासहित तीन जना हुने व्यवस्था गरेको छ ।

त्यसै गरी प्रत्येक आठ सयमा एक जना प्रतिनिधिको संख्या बढ्दै जाने छ । त्यो संख्या २४ सयमा पुग्दा एक महिला र तीन खुला गरी ती जना निर्वाचित हुनेछन् । महाधिवेशनका लागि १,९९९ प्रतिनिधि चयन हुने जनाइएको छ ।

आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा एमालेले दशौं राष्ट्रिय महाधिवेशन गर्दैछ । नारायण नदीको किनारामा उदघाटन र सौराहामा नेतृत्व छनौटको कार्यक्रम हुनेछ । महाधिवेशनले पाँच वर्षका लागि १५ जना पदाधिकारीसहित २२५ सदस्यीय केन्द्रीय कमिटीको चयन गर्ने विधानमा व्यवस्था गरिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री