काठमाडौं । रुसमा जारी विश्वकप फुटबल २०१८को अन्तर्गत पहिलो सेमिफाइनल खेलमा बेल्जियमलाई पराजित गर्दै फ्रान्स फाइनल प्रवेश गरेको छ । हिजो भएको खेलमा बेल्जियमलाई हराउदै फ्रान्स १-० ले विजयी हुँदै फाइनलमा पुगेको हो । फ्रान्सका लागि दोस्रो हाफको ५१ औं मिनेटमा डिफेन्डर स्यामुएल उम्टिटीले गरेको गोल निर्णायक सावित भएको थियो ।
तपाईंको प्रतिकृया




