कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडाैँ । कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको बेलौरी नगरपालिका वडा नम्बर ५ मा मोटरसाइकल दुर्घटना हुँदा एक जनको मृत्यु भएको हो ।

शुक्रबार बेलौरी सडकखण्डमा से७प ५७०६ नम्बर मोटरसाइकल आफै अनियन्त्रित हुँदा बेदकोट नगरपालिका वडा नम्बर १ बस्ने ३२ वर्षीय रतन शाहीको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

उनको उपचारका क्रममा मृत्यु भएको हो। पछाडी सवार नवराज शाहीको इसान अस्पताल बेलौरीमा उपचार भइरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री