फिलिपिन्स र रूसका दुई जना पत्रकारलाई यस बर्षको नोबेल शान्ति पुरस्कार

काठमाडौँ । फिलिपिन्स र रूसका दुई जना पत्रकारले यस वर्षको नोबेल शान्ति पुरस्कार पाएका छन् । फिलिपिन्सका मारिया रेसा र रूसका डिमिट्री मुरातोभलाई ती मुलुकमा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि उनीहरूले गरेको साहसपूर्ण कामका लागि नोबेल पुरस्कार छनौट समितिले नोबेल शान्ति पुरस्कार दिने निर्णय गरेको हो ।

यस वर्ष नोबेल शान्ति पुरस्कारका लागि ३२९ जनाको आवेदन परेको थियो । यसअघि साहित्यतर्फ, रसायनशास्त्र, भौतिकशास्त्र र चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कारको घोषणा गरिसकिएको छ ।

यसबर्षको साहित्यतर्फको नोबेल पुरस्कार उपन्यासकार अब्दुलरजाक गुर्नहलाई प्रदान गरिएको थियो भने २०२१ को रसायनशास्त्रतर्फको नोबेल पुरस्कार जर्मनीका वैज्ञानिक बेन्जामिन लिस्ट र अमेरिकी वैज्ञानिक डेविड म्याकमिलनलाई दिने घोषणा गरिएको छ ।

त्यस्तै भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार सुकोरो मनाबे, क्लाउस हेसलमन र जर्जियो परिसीलाई दिने घोषणा गरिएको थियो भने चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी डाक्टर डेभिड जुलियस र लेबनानी डाक्टर अर्डम पाटापोटियनलाई संयुक्तरुपमा प्रदान गरिएको थियो । स्नायु प्रणालीले तापक्रम र स्पर्श थाहा पाउँछ भन्ने कुरा पत्ता लगाएका जुलियस र पाटापोटियनलाई नोबेल पुरस्कार दिइएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कनेक्ट आइपिएसबाट स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाइने

काठमाडौं । कनेक्ट आइपिएसले स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाउन सकिने अवसर ल्याएको छ। अफर …

प्रतिकृया दिनुहॊस