काठमाडाैँ । यसपालि नेपाली कांग्रेसको १४औं महाअधिवेशनमा युवा नेताहरुको आकर्षण बढ्दै गइरहेको छ । पुरानो पुस्ताले राजनीतिक रुपमा खासै उपलब्धी गर्न नसेको भन्दै वडा तह देखि नै युवाहरुले नेतृत्व लिइरहेका छन् ।
बाजुरमा पनि युवाहरुले निर्वाचन जितेका छन् । बाजुराबाट देशकै सबैभन्दा कान्छो केन्द्रीय महाधिवेशन प्रतिनिधिको रुपमा २२ वर्षीया रिता शाही बिजयी भएकी छिन् । सामाजिक अभियान्ताको रुपमा परिचय बनाएकी शाहीले अत्यधिक ६०२ मतसहित पहिलो नम्बरमा खसआर्य कोटाबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा जित हात पारेकी हुन् ।
नर्स पढेकी शाही राजनीतिमार्फत गाउँ, समाज र देश बदल्ने सोच लिएर राजनीतिमा आएको बताउँछिन् । साहित्यक र संगीतमा समेत रुची राख्ने शाहीको तीता मिठा नामक गजल संग्रहका साथै ६ वटा सांगितिक एल्बम समेत बजारमा आइसकेका छन् ।
तपाईंको प्रतिकृया




