व्यवसायीलाई धम्काएर रकम असुल्ने मगर पक्राउ

काठमाडौं । प्रहरीले व्यवसायीलाई धम्काएर रकम असुल्ने एकजनालाई हिजो पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापका २६ वर्षीय विमल लुङ्गेलीमगर रहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

ठमेल, दरबारमार्गका व्यवसायीलाई अनावश्यक रुपमा रकम मागेर दुःख दिने र रकम नदिए झगडा गर्ने गरेको गोप्य सूचनाका आधारमा मगरलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका मगरलाई सार्वजनिक मुद्दामा म्याद थप गरेर अनुसन्धान भइरहेको परिसरले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री