अर्थमन्त्री र गभर्नरबीच मतभेद

काठमाडौं, । नेपाल राष्ट्र बैंकले ल्याउन लागेको मौद्रिक नीतिका तीनवटा विष्यामा अर्थमन्त्री युवराज खतिवडा र सरकारको आर्थिक सल्लाहकार केन्द्रीय बैंकका गभर्नर चिरन्जिवी नेपालबीच मतभेद देखिएको छ ।

घर जग्गा, शेयर बजार, बैंकको संख्या घटाउने लगायतका विषयमा अर्थमन्त्री र गभर्नरबीच मतभेद भएको हो । घर जग्गामा कर्जालाई अझै कस्नुपर्ने पक्षमा अर्थमन्त्री खतिवडा छन् भने गभर्नर नेपाल उक्त क्षेत्रमा जाने कर्जा खुकुलो बनाउने पक्षमा छन् ।

अर्थमन्त्री खतिवडाले राष्ट्र बैंक सञ्चालक समितिमा रेहका अर्थसचिवमार्फत पनि घर जग्गामा जाने कर्जा कटौती गर्न व्यवस्था मौद्रिक नीतिमा राख्न लगाउन दबाब दिएका थिए, तर, अर्थसचिवले राखेको त्यस्तो प्रस्तावमा गभर्नर नेपालले आनाकानी गरेको थिए । यो खबर आजको नागरिक दैनिकमा छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री