नागबेली लघुवित्तको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । नागबेली लघुवित्त वित्तीय संस्थाको शतप्रतिशत हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन हो । लघुवित्तले हकप्रद प्रयोजनका लागि भोलि शेयरधनी पुस्तिका बन्द गर्देछ । जस अनुसार कम्पनीको हकप्रद पाउन आजसम्म शेयरधनी कायम हुनुपर्नेछ ।

कम्पनीले साउन ४ देखि शतप्रतिशत हकप्रद शेयर बिक्री खुला गर्दैछ । १ः१ अनुपातमा ७ लाख ६६ हजार ४६३.१५ कित्ता शेयर बेच्न लागेको हो । सय रुपैयाँ अंकित मूल्यको यो हकप्रद भदौ ७ गतेसम्म भर्न सकिनेछ ।

बिक्री प्रबन्धक एनएमबि क्यापिटल तथा एनएमबि बैंकका अन्य शाखाबाट पनि आवेदन दिन सकिनेछ ।
एनएमबि क्यापिटलमा भने चेक मार्फत मात्र भुक्तानी गर्न सकिनेछ । यसैगरी, गुडविल फाइनान्सको हात्तिसार, डिल्लीबजार, इन्द्रचोक र कुमारीपाटी शाखा तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिने छ ।

सेन्ट्रल फाइनान्सको कुपण्डोल र चाबहिल शाखा तथा कामना सेवा विकास बैंक, ज्ञानेश्वर काठमाडौंबाट पनि आवेदन दिने व्यवस्था रहेको छ ।

हाल ७ करोड ६६ लाख ४६ हजार रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको हकप्रदपछि कम्पनीको चुक्ता पुँजी १५ करोड ३२ लाख ९२ हजार रुपैयाँ पुग्नेछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री