काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणमा जारी गरेको साधारणमा शेयर आज बाँडफाँड भएको छ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङले आज बिहानै आफ्नै कार्यालयमा गोलाप्रथाबाट ४३ हजार २सय जना लगानीकर्तालाई १० कित्ताका दरले शेयर बाँडफाँड गरिएको हो । २ लाख १९ हजार ९१ जनाले आवेदन दिएकामध्ये ४७४ जनाको आवेदन रद्द भएको थियो ।
लघुवित्तले असार १० देखि १३ गतेसम्म निष्कासन गरेको आइपीओमा २ लाख १९ हजार ९१ जनाले आवेदन दिएका थिए । जस मध्ये ४ सय ७४ आवेदन रद्द भई कुल योग्य आवेदकको संख्या २ लाख १८ हजार ६ सय १७ कायम भएको थियो ।
लघुवित्तले बिक्रिमा ल्याएको कुल ४ लाख ८० हजार कित्ता आइपीओ मध्ये २४ हजार कित्ता कम्पनीको कर्मचारीको लागि र २४ हजार कित्ता सामुहिक लगानी कोषको लागि तथा बाँकि ४ लाख ३२ हजार कित्ताको सर्बसाधारणका लागि छुट्याइएको थियो।
३० प्रतिशत आईपिओ जारी गरेसँगै नाडेपको चुक्ता पूँजी ११ करोड २० लाख रुपैयाबाट बढेर १६ करोड रुपैयाँ पुग्नेछ ।




