काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) साताको तेस्रो दिन आज झिनो अंकले सुधार भएको छ । आज सेयर बजारको परिसूचक एक अंकमुनि हरियो रहेर बन्द भएको छ ।
कारोबार शुरू भएदेखि नै निरन्तर घटेको बजार कारोबारको अन्त्यतिर सुधार हुने संकेत देखिएको थियो । जम्मा शून्य दशमलव ६५ अंकले वृद्धि भई ११ सय ८० दशमलव ३६ अंकमा कायम भएको छ । आज १६२ कम्पनीको २१ करोड ८१ लाख रुपैयाँको सेयर किनबेच भयो ।
बजारको पुँजीकरण १३ खर्ब ९६ अर्बमा कायम भएको छ । २ करोड ३१ लाख रुपैयाँ बराबरको सो सेयर कारोबार भयो भने मूल्य प्रतिकित्ता १९५ कायम भयो । प्राइम कमर्सियल बैंकको १ करोड १५ लाखको कारोबार भयो ।
लक्ष्मी बैंकका लगानीकर्ताले सबैभन्दा धेरै मूल्य कमाए । सो कम्पनीको मूल्य ४.८ प्रतिशतले बढ्यो । रिडी हाइड्रोको मूल्य ४ प्रतिशतले बढ्यो । गुमाउनेमा रैराङ हाइड्रोपावरका लगानीकर्ता अगाडि रहे । सो कम्पनीको मूल्य ९.८ प्रतिशतले घटेको छ ।




