काठमाडौं । पूर्ण रुपमा इन्टरनेट बैंकिङ्ग सेवा संचालनका लागि कृषि विकास बैंक लिमिटेडले एफवान सफट इन्टरनेसनलसँग सम्झौता गरेको छ ।
कृषि विकास बैंक लि.को मुख्य कार्यालय काठमाडौंमा भएको सम्झौतामा कृषि विकास बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौला र एफवान सफट इन्टरनेसनलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौतापश्चात् बैंकका संस्थागत र व्यक्तिगत दुबै सेवाग्राही लाभान्वित हुने भएका छन् । अब कृषि विकास बैंकका सेवाग्राहीले Salary upload, Employee Management, Inter Bank Fund Transfer (IBFT), Bulk Upload, Cheque Book Request, Stop Payment, Merchant Payment, Statement View and Download, Message Sent and Creation, OTP ( Secured By OTP), Online Registration लगायतका थुप्रै सेवाहरु प्राप्त गर्न सक्नेछन् ।




