प्रकाशमान र प्रसिद्ध सम्धी बन्दै

काठमाडौं । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता प्रकाशमान सिंह तथा राजधानीको प्रसिद्ध पाँचतारे होटल साङ्ग्रिलाका मालिक प्रसिद्धबहादुर पाण्डे सम्धी बनेका छन् ।

प्रकाशमान तथा श्रीमती सिर्जना सिंहका छोरा एवम् युवा नेता प्रभाशमान सिंहको प्रसिद्धकी छोरी निकिता पाण्डेसँग विवाह हुने भएपछि उनीहरु सम्धी बनेका हुन् ।

प्रभाश र निकिताबीच लामो समयदेखि रहँदै आएको र आगामी फागुनमा अन्तर्जातीय विवाह हुने भएको पारिवारिकस्रोतले जनाएको छ ।

गत शुक्रबार परिवार, आफन्तजन तथा शुभचिन्तकहरूको विशेष उपस्थितिबीच निकिता र प्रभाशबीच हुने वैवाहिक कार्यक्रमबारे टुङ्गो लागेको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री