के ‘मोक्ष’ पाउन एकै परिवारका ११ सदस्यले गरे आत्महत्या ?

काठमाडौं । पूर्वी दिल्लीको सन्त नगर बुराडी इलाकामा आइतबार एकै परिवारका ११ सदस्य संदिग्ध अवस्थामा मृत पाइएको घटना निकै जटिल बन्दै गइरहेको छ ।

घटनामा ७७ वर्षकी नारायण देवी भाटिया र उनका दुई छोरा तथा एक छोरीको परिवार सबैको मृत्यु भएको थियो । यहाँ नारायण देवी आफ्ना छोरा भुवनेश (५०) र ललित (४५), भुवनेशकी पत्नी सविता (४८), छोरी नीतु (२५), छोराहरु मोनु (२३) र ध्रुव (१५) ललितकी पत्नी टीना (४२) र छोरा शिवम् (१५) तथा नारायणदेवीकी विधवा छोरी प्रतिभा (५७) र प्रतिभाकी छोरी प्रियंका (३३) को मृत्यु भएको थियो ।

पुलिसले यसबारे हत्या र आत्महत्या दुबै कोणबाट अनुसन्धान गरिरहेको छ । प्रहरीको अनुसन्धान एक दाह्रीवाला व्यक्तितर्फ मोडिएको छ । पोस्टमार्टममा सबैको मृत्यु झुण्डिएका कारण सास रोकिएर भएको खुलासा भएपछि प्रहरीले यसलाई सामूहिक आत्महत्याको आधारमा अनुसन्धान अगाडि बढाएको छ । सुरुमा यो मुद्दा सामूहिक हत्याको केसको रुपमा दर्ता गरिएको थियो ।

छिमेकीले एउटा दाह्रीवाला व्यक्ति त्यो घरमा हप्तामा २–३ पटक आउने गरेको बताएका छन् । ती व्यक्ति दुइ अढाइ घण्टा घरमा बस्थे । प्रहरीले त्यही व्यक्तिमाथि मोक्षको नाममा परिवारको ‘ब्रेनवाश’ गरेको शंका गरेको छ । ती व्यक्तिको खोजी भइरहेको छ । प्रहरी सूत्रका अनुसार ती बाबालाई हिरासतमा लिइएको बताए पनि आधिकारिक पुष्टि भने हुन सकेको छैन । अनुसन्धानमा ५ फोन नम्बर भेटिएका छन् जुन नम्बरमा लगातार कुरा गरिएको छ । प्रहरीले यी नम्बरको अनुसन्धान गरिरहेको छ ।

घरमा भेटिएको रजिष्टरमा बरको रुखको पूजाको विषयमा ३७ पेज लेखिएको छ । घरमा शव पनि बरका जराहरु जस्तै झुण्डिएका थिए । रजिष्टरमा लेखिएको छ, हामी मर्न गइरहेका छैनौं परमात्मासँग भेटेर फर्केर आउनेछौं । सात दिन लगातार पूजा गनुपर्नेछ । यसबीचमा घरमा कोही आएमा पुजा अर्को दिन गर्नुपर्नेछ । पूजाको लागि आइतबार र बिहीबारको दिन रोजिएको छ । टाउकोमा कालो कुकुर हुनुपर्छ ।

क्राइम ब्रान्चका अनुसार वृद्ध महिलाका २ छोरा ललित र भूपि थिए । ललितले अक्सर सपनामा आफ्ना पितालाई देख्थे । ललित परिवारमा सबैभन्दा धार्मिक थिए । रजिष्टरमा नोट पनि ललितले नै लेखेको मानिएको छ । डाक्टरका अनुसार सबैको मृत्यु राती २ देखि साढे २ बजेको बीचमा भएको हो । सबैभन्दा अन्तिममा ललित र उनकी पत्नी टीनाको मृत्यु भयो । सबै ११ मृतकमध्ये यी दुईको हात मात्र बाँधिएका थिएनन् ।

प्रहरीले घरको भित्तामा ११ पाइप र छतको जालीका ११ छड भेटेको थियो । पाइप घरको भित्ताको दाहिनेतर्फ लगाइएका थिए । ४ पाइप सिधा र ७ पाइप मोडिएका छन् । मृतक पनि ११ नै थिए । प्रहरीले यी पाइपलाई मौतसँग जोडेर हेरिरहेको छ । तर कोटाबाट आएमा परिवारका जेठा छोरा दिनेशका अनुसार यी पाइप भेन्टिलेशनका लागि लगाइएका हुन् ।

बारेमा माेहन सिपाडाेल

यॊ पनि हेर्नुहॊस

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स गर्‍यो विराटनगरमा बीमा सचेतना कार्यक्रम

काठमाडौँ । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङसँगको सहकार्यमा विराटनगरमा …

प्रतिकृया दिनुहॊस