सुनिल शेट्टीका छोराको मध्यरातमा गर्लफ्रेण्डसँग डिनर डेट

मुम्बइ। सुनिल शेट्टी आफ्ना सन्ततीहरुका कारणले चर्चामा आउन थालेका छन् । सुनिलकी छोरी अथिया शेट्टीपछि अब उनका छोरा आहानले पनि बलिउड डेब्यू गर्ने खबर चर्चामा रहेको हुन् ।

डेब्यूभन्दा अगाडि अहिले भने आहान आफ्नो व्यक्तिगत जीवनका कारण चर्चामा छन् । आहान गएराती गर्लफ्रेण्ड तानिया श्राफसँग डिनर डेटमा भेटिएका छन् ।

भारतीय मिडियाका अनुसार गर्लफ्रेण्ड तानिया श्राफसँग डिनर डेट गरिरहँदा मध्यरातको समय थियो । तानिया र आहान मुम्बइको एक थाइ रेष्टुरेण्टमा डिनर डेटमा भेटिएका थिए ।

 

तानिया धेरै पटक आहानसँग देखिइसकेकी छिन् । रिपोर्टका अनुसार तानिया र आहान लङ डिस्टेन्स रिलेसनसिपमा छन् ।

आहानले इन्स्टाग्राममा तानियासँगको फोटो पोस्ट गर्दै आफ्नो प्रेमका विषयमा स्पष्ट पारिसकेको भारतीय मिडियाले उल्लेख गरेको छ ।

तानिया विदेशमा सेटल भएकी छिन् । आहानले छिट्टै साजिद नाडियावालाको फिल्मबाट डेब्यू गर्दैछन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री