बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

सुनसरी।बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ।

सुनसरी दुहबी नगरपालिका -२ स्थित कोशी लोकमार्गमा बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको हो। मृत्यु हुनेमा मोरङ बुढीगंगा -७ का आशराम माझी रहेका छन् ।

आज बिहान बिराटनगर आउदै गरेको मे १ ख २७४८ नम्बरको बसले को ३४ प ९०६७ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा गम्भिर घाईते भएका मोटरसाईकल चालक माझीको न्युरो अस्पताल विराटनगर पुर्‍याउन साथ मृत्यु भएको  प्रहरीले जनाएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री