सुनसरी।बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ।
सुनसरी दुहबी नगरपालिका -२ स्थित कोशी लोकमार्गमा बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको हो। मृत्यु हुनेमा मोरङ बुढीगंगा -७ का आशराम माझी रहेका छन् ।
आज बिहान बिराटनगर आउदै गरेको मे १ ख २७४८ नम्बरको बसले को ३४ प ९०६७ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा गम्भिर घाईते भएका मोटरसाईकल चालक माझीको न्युरो अस्पताल विराटनगर पुर्याउन साथ मृत्यु भएको प्रहरीले जनाएको छ।
तपाईंको प्रतिकृया



