आज १ हजार २३९ कोरोना संक्रमित थपिए, १ हजार ३२४ जना निको भए

नेपालमा आज १ हजार २३९ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट २९८ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या २० हजार ७४३ रहेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ३२४ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७ लाख ५६ हजार ९५४ पुगेको छ।

यससँगै संक्रमितको कूल संख्या पिसिआर परीक्षणबाट ७ लाख ८८ हजार ७६९ जना र एन्टीजेन परीक्षणबाट ८९ हजार ९०७ जना पुगेको छ।

आज १३ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ७२ पुगेको छ।

आज १५ हजार २४३ जनाको परीक्षण गरिएको छ। हालसम्म नेपालमा ४१ लाख ३६ हजार २०८ जनाको पिसिआर र ५ लाख ५१ हजार २०७ जनाको एन्टीजेन परीक्षण गरिएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री