एमाले स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमाले स्थायी कमिटी बैठक आज पनि बस्ने भएको छ । एमाले संसदीय दलका सचेतक विशाल भट्टराईका अनुसार बैठक दिउँसो १ बजे बस्नेछ ।

यसअघि आइतबार बसेको बैठकमा स्थायी कमिटी सदस्यहरूलाई आउँदो विधान महाधिवेशनसँग सम्बन्धित दस्तावेज बाँडिएको थियो । पार्टीको सांगठनिक, राजनीतिकलगायत दस्तावेज बाँडिएको हो ।

यही असोज १५ देखि १७ गतेसम्म एमालेको विधान महाधिवेशन हुँदैछ । केही स्थायी कमिटी सदस्यहरूले दस्तावेज र विधान महाधिवेशनका सन्दर्भमा आइतबार नै आफ्ना सुझाव दिएका थिए । आज बाँकी सदस्यहरूले सुझाव दिएपछि त्यसलाई पारित गरिने छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री