काठमाडौं । बैतडीमा गुडिरहेको बसमा ढुंगा खस्दा एकजनाको मृत्यु भएको छ ।
पाटन नगरपालिका -८बाट बझाङको चैनपुरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२००१ ख ११५६ नम्बरको बसमा पहिरोको कारण ढुंगा खस्दा एकजनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा बझाङ थलारा गाउँपालिका-५ बस्ने १८ वर्षीय अर्जुन नेपाली छन।
ढुंगा खसेर लाग्दा अन्य ३ जना घाइते छन् । घाइतेहरूको उपचारको लागि डडेल्धुरा अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ।
तपाईंको प्रतिकृया




