गुडिरहेको बसमा ढुंगा खस्दा एकजनाको मृत्यु

काठमाडौं । बैतडीमा गुडिरहेको बसमा ढुंगा खस्दा एकजनाको मृत्यु भएको छ ।

पाटन नगरपालिका -८बाट बझाङको चैनपुरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२००१ ख ११५६ नम्बरको बसमा पहिरोको कारण ढुंगा खस्दा एकजनाको मृत्यु भएको हो ।

मृत्यु  हुनेमा बझाङ थलारा गाउँपालिका-५ बस्ने १८  वर्षीय अर्जुन नेपाली छन।

ढुंगा खसेर लाग्दा  अन्य ३ जना  घाइते  छन् ।  घाइतेहरूको उपचारको लागि डडेल्धुरा अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ।

 

 

 

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री