काठमाडौं ।नवील म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने बन्दमुखी योजना “नवील ब्यालेन्सड् फण्ड–३ को इकाइमा माग भन्दा बढी आवेदन परेको छ।
कम्पनीले विक्रीमा ल्याएको इकाइमा सर्वसाधारण १ लाख ४ हजार ७७९ जना (प्रमाणित हुन बाँकी समेत गरी) आवेदकहरुबाट १२ करोड ६२ लाख ५५ हजार ४० इकाई खरीदका लागि आवेदन परेको छ, जुन बिक्रीको लागि माग गरिएको आवेदन भन्दा २५ प्रतिशतले बढी आवेदन परेको नविल इन्भेष्टमेन्ट बैंकिङ्गले जनाएको छ।
नविल इन्भेष्टमेन्ट बैंकिङ्गले प्रति इकाई १० रुपैयाँको दरमा बिक्रीमा ल्याएको १० करोड इकाई मध्ये न्यूनतम १ करोड ५० लाख वा कुल बिक्री भएको इकाई संख्याको न्युनतम १४ प्रतिशत इकाई कोष प्रवद्र्धक नवील बैंक र १ प्रतिशत योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाईमा सार्वजनिक निष्काशन गरेको थियो।
तपाईंको प्रतिकृया




