रुपन्देही । रुपन्देहीको गैडहवाका एक दम्पती आफ्नै आठ महिने शिशुको हत्या गरेको आरोपमा पक्राउ परेका छन् ।
गैडहवा-६ बस्ने श्रीराम मल्लाह र उनकी श्रीमती रेनुले आफ्नै घरको छतमा आठ महिने शिशुको घाँटी रेटेर हत्या गरेको प्रहरीले जनाएको छ ।
यही भदौ २६ गते बिहान शिशुको हत्या भएको सूचना पाएपछि इलाका प्रहरी कार्यालय लुम्बिनी रुपन्देहीबाट प्रहरी निरीक्षक रबिन्द्र महतसहितको टोली गैडहवामा गएको थियो ।
घटनास्थलको अनुसन्धान गर्ने क्रममा निजको घरको छतमा आलो रगत जमेको अवस्थामा भेटिएको र मल्लाह दम्पती सुत्ने कोठाको टेबुलमा रगत लागेको हँसिया भेटिएको प्रहरीले जनाएको छ ।
बरामद गरिएको प्राप्त प्रमाणको आधारमा अनुसन्धान तथा सोधपुछ गर्दा मृतक शिशुको आमा बुबाले हत्या गरेको स्वीकार गरेका हुन।
तपाईंको प्रतिकृया




