भुक्तानी नपाएपछि पर्सा र बाराका उखु किसान चिन्तित

वीरगञ्ज । उखु बिक्री गरेको रकम दुई महिना पुग्दा पनि भुक्तानी नपाएपछि पर्सा र बारा जिल्लाका उखु किसान चिन्तित भएका छन् ।

बाराको रिलायन्स सुगर मिल ईनर्वाले दुई महिना अघि खरिद गरेको उखुको मुल्य किसानलाई भुक्तानी नगरेपछि उखु खेती गर्दै आएका पर्सा र बाराका किसान निरास भएका हुन् ।

७० क्विन्टल जति उखु रिलायन्स सुगर मिलमा पठाएको भएपनि भुक्तानी नपाएको पर्साको जगरनाथपुर गाउँपालिका ५ का किसान ओमप्रकाश यादवले गुनासो गरे ।

बाराका उखु किसान शम्भु यादवले फागुनमै मिललाई उखु बिक्रि गरेको भएपनि अहिलेसम्म भुक्तानी नपाएको गुनासो गरे । यादवले भने, ‘उद्योग प्रशासनले किसानको समस्यालाई वेवास्ता गरेजस्तो देखिन्छ ।’

उखु उत्पादक संघ पर्साका अध्यक्ष असर्फी साहले उखु दिएको १५ दिन भित्र भुक्तानी गर्ने सम्झौता भएको भएपनि उद्योगीहरुले वेवास्ता गरेको बताए ।

१३ महिना लगाएर उखु तयार गरेका किसानले समयमा पैसा नपाउँदा घर व्यवहार धान्नै कठिनाई हुने उनको भनाई छ ।

उद्योगले उखुको भुक्तानी नदिदाँ ऋण काढेर उखु काट्ने कामदार लगाउनुको साथै ढुवानीकर्तालाई भाडा दिएका किसानलाई झनै सास्ती भइरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री