काठमाडौं । साताको पहिलो दिन आज नेप्से १४ दशमलव ०१ अंकले घटेर छ । ११९८ दशमलव २६ अंकबाट शुरु भएको कारोबार ११८४ दशमलव ५३ को बिन्दुमा पुगेर बन्द भएको छ । आज शेयर बजार खुलेदेखि निरन्तर ओरालो छाएको छ ।
कारोबार रकममा समेत आज ठूलो गिरावट आएको छ । साताको अन्तिम दिन बिहिबार २४ करोड २९ लाख ८६ हजार ७ सय ३८ रुपैयाँ भएको कारोबार आज भने जम्मा १९ करोड ७२ लाख ६२ हजार ६ सय ११ रुपैयाँको मात्रै कारोबार भएको हो ।
दिनभरमा भएको ३ हजार ६ सय ८३ कारोबारबाट ६ लाख १९ हजार ७ सय ४१ कित्ता सेयर किनबेच भएका छन् । आज सबैभन्दा धेरै नेपाल बैंकको सेयर कारोबार भएको छ । दिनभरमा नेपाल बैंकको ८० लाख १ हजार ८ सय ८७ रुपैयाँको सेयर किनबेच भएको छ भने कारोबारका हिसाबले दोस्रोमा रहेको नेशनल लाइफ इन्स्योरन्सको ७५ लाख ५ हजार ५ सय ४६ रुपैयाँको सेयर किनबेच भएको छ ।
त्यस्तै यस दिन सर्वाधिक गुमाउनेमा भने तिनाउ डेभलपमेन्ट बैंक, हाथ्वे फाइनान्सका र रैराङ्ग हाइड्रोपावर कम्पनीका लगानीकर्ताहरु रहेका छन् ।
प्रतिकृया दिनुहॊस