आरएसडिसी लघुवित्तको हकप्रद शेयरको बिक्री खुल्यो

काठमाडौं । आरएसडिसी लघुवित्तले आजबाट हकप्रद शेयरको बिक्री खुला गरेका छन् । कम्पनीको ६० प्रतिशत अर्थात ५ बराबर ३ को अनुपातमा २१ लाख ५९ हजार ७ सय कित्ता शेयर बिक्री खुला गरेको हो । १ सय रुपैयाँ अंकित मूल्यमा यस कम्पनीको शेयर हकप्रदमा साउन २० गतेसम्म आवेदन दिन सकिनेछ । जेठ २१ गतेसम्म कायम रहेका शेयरधनीले मात्र हकप्रद भर्न सकिनेछ ।

लघुवित्तको शेयर बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटल मार्केट रहेको छ । सेयरधनीले एनआईबिल एस क्यापिटलको कार्यालय लाजिम्पाट तथा यसका शाखा कार्यालयका साथै तोकिएको इन्भेष्टमेन्ट बैंकको शाखा कार्यालय मार्फत हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

हाल कम्पनीको चुक्ता पूँजी ३५ करोड ९९ लाख रूपैयाँ छ । ६० प्रतिशत हकप्रद बिक्रीपछि कम्पनीको चुक्ता पूँजी ५७ करोड ५९ लाख पुग्नेछ ।

बारेमा माेहन सिपाडाेल

यॊ पनि हेर्नुहॊस

जगदुल्ला जलविद्युत आयोजना बनाउन ‘ग्लोबल टेण्डर’ आह्वान

काठमाडौं । उज्यालो कर्णाली बनाउने लक्ष्यका साथ निर्माण सुरु गर्न लागिएको जगदुल्ला जलविद्युत् आयोजनाको भौतिक …

प्रतिकृया दिनुहॊस