सिद्धार्थ इन्स्योरेन्सको हकप्रद बिक्री खुला

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीको हकप्रद शेयर आजबाट बिक्री खुला भएको छ । सिद्धार्थले चुक्ता पूँजीको ३५ तथा आरएसडिसीले ६० प्रतिशत हकप्रद सेयर बिक्रीमा ल्याएका हुन् ।

कम्पनीको ३५ प्रतिशत अर्थात १० बराबर ३.५ को अनुपातमा २२ लाख ४४ हजार ९७३.५० कित्ता शेयर बिक्री खुला गरेको हो । १ सय रुपैयाँ अंकित मूल्यमा यस कम्पनीको शेयर हकप्रदमा साउन २० गतेसम्म आवेदन दिन सकिनेछ । वैशाख ३१ गतेसम्म कायम रहेका शेयरधनीले मात्र हकप्रद भर्न सकिनेछ ।

सिद्धार्थ इन्स्योरेन्सको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । यसमा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड, नागपोखरी काठमाडौं तथा एनएमबि बैंकका अधिकांश शाखाबाट पनि आवेदन दिन सकिनेछ । त्यसैगरी, गुडविल फाइनान्सको हात्तिसार, डिल्लीबजार, इन्द्रचोक र कुमारीपाटी शाखा तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिनेछ । सेन्ट्रल फाइनान्सको कुपण्डोल र चाबहिल शाखा तथा कामना सेवा विकास बैंक, ज्ञानेश्वर काठमाडौंबाट पनि आवेदन दिने व्यवस्था रहेको छ ।

हाल सिद्धार्थ इन्स्योरेन्सको चुक्ता पूँजी ६४ करोड १४ लाख २१ हजार रुपैयाँ रहेको छ भने हकप्रद पछि कम्पनीको चुक्ता पूँजी ८६ करोड ५९ लाख १८ हजार रुपैयाँ हु्नेछ ।

बीमा समितिले तोकेको पूँजी कायम गर्न कम्पनीले असार मसान्तसम्ममा १३ करोड ४१ लाख पूँजी बढाउनुपर्नेछ ।

बारेमा माेहन सिपाडाेल

यॊ पनि हेर्नुहॊस

ह्वावे ‘सिड्स फर द फ्युचर नेपाल’ कार्यक्रमका लागि आवेदन खुला

काठमाडौँ । ह्वावे द्वारा आयोजित, ‘सीड्स फर द फ्युचर नेपाल २०२४’ कार्यक्रमको दर्ता गत शुक्रवारबाट …

प्रतिकृया दिनुहॊस