मुक्तिनाथ विकास बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

मुक्तिनाथ विकास बैंकको ‘मुक्तिनाथ डिबेन्चर २०८४/८५’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ।

मुक्तिनाथ विकास बैंक र नेप्सेबीच भदौ १७ गतेका दिन ८.७५ प्रतिशत ब्याजदर भएको यो ऋणपत्र सूचीकरण सम्झौता भएको हो।

सम्झौताबमोजिम उक्त ऋणपत्रको चुक्ता मूल्य रु. १ हजार दरका कुल १२ लाख ५० हजार इकाइ ऋणपत्र सूचीकृत भएको छ।

बैंकले सर्वसाधारण समक्ष सानिमा क्यापिटल लिमिटेड (धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक कम्पनी)मार्फत उक्त ऋणपत्र सर्वसाधारणका लागि खुल्ला बिक्री गरेको थियो।

यसरी सर्वसाधारणमा वितरण गरिएको १२ लाख ५० हजार इकाइ ऋणपत्र वितरण भई धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा गत भदौ १५ गतेको निर्णयानुसार सूचीकरण भएको हो

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

कुमारी बैंकले गर्‍यो बेलबारीमा उद्यमी प्रशिक्षण कार्यक्रम

काठमाडौं । यूएसएडसँगको साझेदारीमा ‘देशैभरी वर्षैभरी’ उद्यमशीलता विकास एवं प्रवर्द्धनका लागि नियमित रुपमा उद्यमी प्रशिक्षण …

प्रतिकृया दिनुहॊस