काठमाडाैं । एनआईसी एशिया बैंकले आफ्नो मोबाइल बैंकिङ्ग एपमार्फत दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने आकर्षक योजना ल्याएकाे छ ।
बैंकले भाद्र १६ देखि कात्तिक १४ सम्म लागू हुने गरी ल्याएको यस योजनामा बैंकका ग्राहकहरूले माेबाइल बैंकिङ्ग एप प्रयोग गरी एक ठाउँबाट अर्काे ठाउँ निःशुल्क रुपमा रकम पठाउन सक्नेछ्न् ।सेल्फ हेल्प बैंकिङ्गको अवधारणा अनुरुप माेबाइल बैंकिङ्ग एप मार्फत ग्राहकहरूले जुनसुकै स्थानबाट, जुनसुकै समयमा रेमिट रकम सहज रुपमा पठाउन सक्नेछन् ।
यसका लागि ग्राहकहरूले आफ्नो मोबाइलमा रहेको एप भित्र रहेको सेन्ट रेमिट आइकनमा ट्याप गरेपश्चात् रेमिट्यान्स रकम, प्राप्त गर्नेको विवरण (नाम, मोबाइल नम्बर एवं ठेगाना) उल्लेख तथा रेमिट्यान्स पठाउनुको उद्देश्य छनौट गरी सुरक्षित रुपमा रेमिट्यान्स पठाउन सक्नेछन् ।
यस माध्यमबाट पठाएको रकम देशभर रहेका यस बैंकका सम्पूर्ण शाखा तथा विस्तारित काउन्टरहरूका साथै १२ हजारभन्दा बढी रेमिट एजेन्टहरूबाट सहजै झिक्न सकिनेछ ।
प्रतिकृया दिनुहॊस