विश्वकप फुटबल : समूह चरणका सबै खेल सकिए

काठमाडौं । रसियामा जारी फिफा विश्वकपमा समूह चरणका खेल सबै सकिएका छन् । ४८ खेल सकिँदा १६ टिम नकआउट चरणमा पुगेका छन् भने १६ टिम घर फर्किएका छन् । नकआउट चरणका खेल भोलिदेखि सुरु हुँदैछन् ।

विश्वकपको दाबेदार मानिएको देश जर्मनीबाहेक ब्राजिल, अर्जेन्टिना, बेल्जियम, स्पेन जस्ता देशहरुले अन्तिम १६ मा स्थान बनाउन सफल भए । अन्तिम १६ बाट नकआउट चरण सुरु हुनेछ ।

भोलि सुरु हुने ती खेलहरुमा पराजित हुने देश सोझै नकआउट हुनेछन् ।

अन्तिम १६ मा पुग्ने टोली उरुग्वे, रसिया, स्पेन, पोर्चुगल, फ्रान्स, डेनमार्क, क्रोएसिया, अर्जेन्टिना, ब्राजिल, स्वीट्जरल्याण्ड, स्वीडेन, मेक्सिको, बेल्जियम, इंगल्याण्ड, कोलम्बिया र जापान रहेका छन् ।

नकआउट चरणको पहिलो खेलमा भोलि फ्रान्स र अर्जेन्टिना खेल्नेछन् ।

प्रिक्वार्टरफाइनल समिकरण

असार १६ गते

समूह ‘सी’ विजेता (फ्रान्स) विरुद्ध समूह ‘डी’ उपविजेता (अर्जेन्टिना) ७ः४५ बजे

समूह ‘ए’ विजेता (उरुग्वे) विरुद्ध समूह ‘बी’ उपविजेता (पोर्चुगल) ( ११ः४५ बजे

असार १७ गते

समूह ‘बी’ विजेता (स्पेन) विरुद्ध समूह ‘ए’ उपविजेता (रसिया) ७ः४५ बजे

समूह ‘डी’ विजेता (क्रोसिया) विरुद्ध समूह ‘सी’ उपविजेता (डेनमार्क) ११ः४५ बजे

असार १८ गते

समूह ‘ई’ विजेता (ब्राजिल) विरुद्ध समूह ‘एफ’ उपविजेता (मेक्सिको) ७ः४५ बजे

समूह ‘जी’ विजेता (बेल्जियम) विरुद्ध समूह ‘एच’ उपविजेता (जापान) ११ः४५ बजे

असार १९ गते

समूह ‘एफ’ विजेता (स्वीडेन) विरुद्ध समूह ‘ई’ उपविजेता (स्वीट्जरल्याण्ड) ७ः४५ बजे

समूह ‘एच’ विजेता (कोलम्बिया) विरुद्ध समूह ‘जी’ उपविजेता (इङ्ल्याण्ड) ११ः४५ बजे

तपाईंको प्रतिकृया

लेखकबाट थप