वायुसेवा निगमको पहिलो वाइडवडि विमान काठमाडौंमा आयो

काठमाडौं । नेपाल वायुसेवा निगम (एनएसी) ले पहिलोपटक वाइड बडी विमान नेपाल भित्र्याएको छ । ‘ए ३३०–२००’ सिरिजको विमान फ्रान्सबाट उडेर सीधै आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । अन्नपूर्ण नामक जहाजले आगामी अगस्ट १ बाट व्यवसायिक उडान सुरु गर्ने पर्यटन मन्त्री रविन्द्र अधिकारीले जानकारी दिए ।

नयाँ विमानलाई विमानस्थलमा मन्त्रालय र निगमका अधिकारीहरुले स्वागत गरेका थिए । विमानको पूजाआजासमेत गरिएको छ ।

निगमले ल्याएको यो वाइड वडि पनि एक महिनाभित्रै अर्को वाइड वडि पनि आउने छ । यसपछि निगमले ठूलो जहाजमार्फत जापान, कोरिया, साउदी अरब, चीन हुँदै वेलायतसहितका गन्तव्यमा उडान गर्ने छ ।

निगमले युरोपेली कम्पनी एयरबसले उत्पादन गरेको जहाज अमेरिकाको एएआर कम्पनीसँग किनेको हो । विमानको लागत २ सय ९ दशमलव ६ मिलियन अमेरिकन डलर अर्थात २१ अर्ब ९० करोड रूपैयाँ छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री