समूह एफबाट स्वीडेन र मेक्सिको विश्वकप फुटबलको अन्तिम १६ मा

काठमाडौं । समूह एफबाट स्वीडेन र मेक्सिको विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेका छन् ।

हिजो राति भएको समूह एफको खेलमा मेक्सिकोलाई ३–० ले हराउँदै स्वीडेन समूह विजेता हुँदै अन्तिम १६ मा पुगेको हो ।
मेक्सिको भने उपविजेता हुँदै अन्तिम १६ मा पुगेको छ ।

खेलको ५० औं मिनेटमा स्वीडेनका लुडविग अगुस्टिन्सनले पहिलो गोल गरे भने ६२ औं मिनेटमा एन्ड्रेस ग्रानभिस्टले गोल गरे । यस्तै ७४ औं मिनेटमा मेक्सिकोका एडसन अल्भारेजले आत्मघाती गोल गरेपछि स्वीडेन ३–० ले पराजित भयो ।

समूहमा स्विडेन र मेक्सिकोले समान ६ अंक जोडे । विश्व कपबाट बाहिरिएका दक्षिण कोरिया र जर्मनीको समान ३ अंक रह्यो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री