ब्राजिल र स्विट्जरल्याण्ड अन्तिम १६ मा

काठमाडौं । समुह ई बाट ब्राजिल र स्विट्जरल्याण्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश गरेका छन् । समूहको अन्तिम खेलमा ब्राजिलले सर्वियालाई दुई शून्यले हराउँदै समूह विजेताका रुपमा अन्तिम १६ मा स्थान बनायो । यस्तै अर्को खेलमा स्विट्जरल्यान्ड र कोस्टा रिकाले २–२ को बराबरी खेल्दै स्विट्जरल्यान्डले अन्तिम १६ मा स्थान बनायो ।

ब्राजिलको जितमा पाउलिन्हो र थिएगो सिल्भाले गोल गरे । पाउलिन्होले ३६ औं मिनेटमा ब्राजिलका लागि गोलको खाता खोलेका थिए । काउटिन्होको पासमा बल अघि बढाएका पाउलिन्होले गोल गरेका थिए ।
अब ब्राजिलले प्रिक्वाटरफाइनलमा मेक्सिकोसँग खेल्नेछ ।

अर्काे खेलमा प्रतियोगिताबाट बाहिरीसकेको कोस्टारिकासँग एक एक गोलको बराबरी खेल्दै स्विट्जरल्यान्ड उपविजेताका रुपमा प्रि क्वाटरफाइनलमा पुग्यो ।

कोस्टारिकाविरुद्ध खेलको ३१ औं मिनेटमा स्विट्जरल्याण्डले अग्रता बनायो । उसका लागि जेमाइलीले गोल गरे । पहिलो हाफमा एक गोलको अग्रता बनाएको स्विस टिमले ५६ औं मिनेटमा गोल खान पुग्यो ।

स्टारिकाका लागि वाट्सनले गोल गर्न सफल भए । त्यसपछि ८८ औं मिनेटमा स्विट्जरल्याण्डले फेरि अग्रता बनायो । उसका जोसिप डार्मिकले गोल गर्दै टिमलाई अग्रता दिलाए । पूरै खेलमा कोस्टारिकाले ६ वटा प्रहार पोष्टमा गरे पनि एक गोल मात्र गर्न सक्यो । अन्तिममा कोस्टारीकाले पाएको पेनाल्टीलाई ब्रायन रुइजले प्रहार गरेका थिए । रेफ्रिले भिएआरको मद्दतबाट गोल दिएका थिए ।

अब स्विट्जरल्यान्डले नकआउट चरणमा स्विडेनसँग खेल्नेछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री