भारतमा कोरोना: २४ घण्टामा २५ हजार संक्रमित, ३८५ जनाको मृत्यु

काठमाडौँ । भारतमा दैनिक कोरोना संक्रमण र मृत्यु हुनेको संख्यामा गिरावट आएको देखिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको अपडेट अनुसार २४ घण्टामा ३८५  जनाको मृत्यु भएको छ ।

योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख ३४  हजार ७८४  पुगेको छ । त्यस्तै २४ घण्टामा २५  हजार ४२० संक्रमित भएका छन् । भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ३ करोड २४  लाख पुगेको छ भने अहिले भारतमा ३  लाख ४१ हजार कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा ४४ हजार १०३  संक्रमण मुक्त भएका छन् । भारतमा अहिलेसम्म ३ करोड १६  लाख ७३  हजार१०१ संक्रमण मुक्त भएका छन् ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

आइएमई पे एपको नयाँ सुविधा- IELTS टेस्टको शुल्क अब सजिलै एपबाट तिर्न मिल्ने

काठमाडौँ । आइएमई पे ले IELTS टेस्टको शुल्क भुक्तानी आइएमई पे मार्फत गर्न सकिने सुविधा …

प्रतिकृया दिनुहॊस