एक पुरुषले एउटै मण्डपमा तीन महिलासँग गरे बिहे

काठमाडौं । एक पुरुषले एउटै मण्डपमा तीन महिलासँग बिहे गरेका छन् । सुन्दा नि अचम्मको यो घटना कुनै फिल्मको नभई भारतको राजस्थानमा भएको वास्तविक घटना हो ।

आदिवासी समुदायका ३३ वर्षीय नक्काल कसौटियाले आफूसँग लिभइन रिलेसनमा रहेका ३ वटै महिलासँग एकै पटक बिहे गरे ।

पोलियोग्रस्त नक्काल एक महिलासँग १२ वर्षदेखि लिभइन रिलेसनमा थिए भने अर्कीसँग ८ वर्षदेखि लिभइन रिलेसनमा थिए । त्यस्तै तेस्रो महिलाचाहिँ उसको प्रेमिकाकी बहिनी हुन् । जोसँग उनी पछिल्लो एक वर्षदेखि लिभइन रिलेसनमा थिए । त्यसक्रममा तेस्री प्रेमिका गर्भवती भएपछि उनले बिहे गर्ने निधो गरेका हुन् ।

समाचार अनुसार नक्कालको जीवनमा सबैभन्दा पहिले कतुम्बाई नामकी महिला आइन् । त्यसपछि गाउँकै पुनकी नामक युवतीसँग नक्कालको प्रेम बस्यो । पुनकी पनि अपांग हुन् । पुनकी र कतुम्बाई दुबैजना नक्कालसँगै बस्दै आएका थिए । तर दुवैजनाबाट सन्तान भएनन् । त्यसपछि नक्कालले एक वर्षअघि आफूभन्दा ५ वर्ष कान्छी युवती रेखासँग हिमचिम बढाए । रेखा पुनकीकी बहिनी हुन् । नक्काल र उनका ३ वटी प्रेमिका सँगै बस्न थाले । अन्ततः रेखा गर्भवती बनिन् ।

आफ्नी कान्छी प्रेमिका गर्भवती बनेपछि नक्कालले बिहे गर्ने निधो गरे । गत जुन २० का दिन नक्कालले आफ्ना तिनै जना प्रेमिकासँग सबै परिवारजनको उपस्थितिमा एउटै मण्डपबाट बिहे गरे । आफूले आफ्नै ३ जना पत्नीहरूलाई खुसी राख्ने उनको भनाइ छ । आफूहरूको जीवन खुसीसाथ बितिरहेको उनले बताएका छन् ।

राजस्थानको उदयपुर जिल्लास्थित आदिवासी समुदायको घटना हो यो । उक्त आदिवासी समुदायमा लिभइन रिलेसनसीपको प्रचलन रहेको छ । कैयन् वर्षसम्म लिभइन रिलेसनमा रहेपछि मात्र यस समुदायका महिला पुरुषले बिहे गर्दछन् ।

एजेन्सीको सहयोगमा

बारेमा माेहन सिपाडाेल

यॊ पनि हेर्नुहॊस

रेशमले लेखे- सम्बन्ध सबै समाप्त, योभन्दा अपराध अरु केही हुन सक्दैन

काठमाडौं । सुदुरपश्चिमको मन्त्रीमण्डल बिस्तारपछि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले चर्को असन्तुष्टि पोखेका छन् । मंगलबार साँझ उनले सामाजिक सञ्जालमा लगातार स्टाटस लेख्दै असन्तुष्टि पोखेका हुन् ।

प्रतिकृया दिनुहॊस