बालाजु क्षेत्रमा भोलि विद्युत आपूर्ति बन्द हुने

काठमाडौं । सडक विस्तारका लागि बालाजु क्षेत्रमा भोलि विद्युत आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरणको बालाजु वितरण केन्द्रका अनुसार, सडक विस्तारका लागि बालाजु–धर्मस्थली फिडरका लागि भोलि विहान ८ बजेदेखि दिउसो ४ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने छ ।

नेपाल विद्युत प्राधिकरण बालाजु वितरण केन्द्रका प्रमुख सुरज रेग्मीकाअनुसार, बनस्थली चोकदेखि बालाजु प्रहरी चौकीसम्म सडक विस्तारका लागि बालाजु–धर्मस्थली फिडरबाट आपूर्ति भइरहेका क्षेत्रमा विद्युत बन्द हुने छ ।

त्यस फिडर अन्तर्गतका पुरानो गुहेश्वरी, फुलबारी गेट, मुड्खु, बतासे डाँडा, धितालथोक, तिनपिप्ले, जरंखु, नेपालटार, मनमैजु, फुटुङ, जितपुर हुँदै छत्रे देउराली क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने रेग्मीले जानकारी दिए ।

बारेमा माेहन सिपाडाेल

यॊ पनि हेर्नुहॊस

झापामा छात्रामाथि पूर्वशिक्षकले नै गोली हानेको खुल्यो

काठमाडौं । झापाको दमकमा परीक्षा दिएर फर्किएकी छात्रामाथि गोली प्रहार गर्ने व्यक्ति प्रहरीले पत्ता लगाएको …

प्रतिकृया दिनुहॊस