नेपालको जलविद्युतमा चिनियाँ लगानीकर्ता आकर्षित

काठमाडौं । नेपालका जलविद्युत आयोजनामा भारतीय कम्पनीको चासो घट्दै गएपछि चिनियाँ कम्पनीहरुले आयोजना ओगट्ने क्रम बढेर गएको छ । पछिल्ला केही वर्षयता नेपालका जलविद्युत आयोजनामा भारतीय कम्पनीले छोड्ने र चिनियाँ कम्पनीहरुले आयोजना ओगट्ने क्रम बढ्दो देखिएको हो ।

पछिल्लो समय चिनियाँ कम्पनीहरुले नेपालका जलविद्युत आयोजनामा खुबै चासो बढाएका छन । बुढीगण्डकी जलविद्युत आयोजना चिनियाँ कम्पनी गेजुवाले निर्माण गर्ने इच्छा देखाएको थियो । जसका कारण पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले बिना प्रतिस्पर्धा आयोजना जिम्मा लगाएको थियो । तर शेरबहादुर देउवा नेतृत्वको सरकारले भने गेजुवासँगको उक्त सम्झौता खारेज गरेको थियो ।

पश्चिम सेती जलविद्युत आयोजना थ्री गर्जेजले निर्माण गर्न नसक्ने प्रष्टै देखिन्छ । तर, चीन भने यो आयोजना छोडिहाल्ने मनस्थितिमा छैन । थ्री गर्जेजले निर्माण गर्न नसक्ने देखेर नै सरकारले यो आयोजना आन्तरिक स्रोतबाटै निर्माण गर्ने भनेर बजेटमा घोषणा गरेको थियो । तर चीनले यो आयोजनामा आफ्नो चासो रहिरहेको बताएपछि प्रधानमन्त्री ओलीले चीन भ्रमणका क्रममा यो आयोजना चिनियाँ कम्पनीबाट नै अघि बढाउने आश्वासन दिएर फर्केका छन् ।

गत वैशाखमा भारतीय कम्पनी जिएमआरले ६ सय मेगावाटको माथिल्लो मस्र्याङ्दी आयोजना चिनियाँ कम्पनीलाई बेच्यो । हिमतालले ओगटेको यो आयोजनामा जिएमआरको ८० प्रतिशत सेयर थियो, जसलाई चिनियाँ कम्पनी सिञ्चेङ इन्टरनेशनल इन्भेष्टमेन्ट कम्पनी र क्युवाइसी इन्टरनेशनलले खरिद गरेका छन ।

प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका क्रममा पनि नेपालका विभिन्न कम्पनीसँग मिलेर आयोजना निर्माण गर्न चिनियाँ कम्पनीले सम्झौता गरेका छन । प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा बुटवल पावर कम्पनीले १ हजार मेगावाट बराबरको आयोजना चिनियाँ कम्पनीसँग मिलेर अघि बढाउने सम्झौता गरेको छ । बुटवल पावर कम्पनी र सिचुवान इन्भेष्टमेन्ट ग्रुप, चेङ्दु सिचेङ इन्भेष्टमेन्ट ग्रुप र सिचुवान क्वीङयुन इन्जिनियरिङबीच यस्तो सम्झौता भएको थियो ।

बारेमा माेहन सिपाडाेल

यॊ पनि हेर्नुहॊस

काठमाडौं उपत्यकामा ९ घण्टासम्म बत्ती अवरुद्ध, कुन-कुन क्षेत्रमा गयो बिजुली ?

काठमाडाैं । काठमाडौं र ललितपुरका विभिन्न स्थानहरूमा आज पाँचदेखि ९ घण्टासम्म विद्युत् सेवा अवरुद्ध हुने …

प्रतिकृया दिनुहॊस