मौद्रिक नीति असार २१ पछि मात्र

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति असारको तेस्रो सातामा मात्र आउने भएको छ । स्थानीय तहको बजेट धमाधम आइरहेको र सोही बजेटको पनि अध्ययन गर्नुपर्ने भएकाले तेस्रो साता धकेलिएको बैंकले जनाएको छ ।

मौद्रिक नीतिको तयारी काम भइरहेको नेपाल राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक नरबहादुर थापाले बताए । उनले विभिन्न चरणमा छलफल भइरहेको जानकारी दिए ।

सरकारले लिएको ८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य र मुद्रस्फिती साढे ६ प्रतिशत राख्ने गरी मौद्रिक नीतिका नीति तथा कार्यक्रम आउने छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री