१५ अंकले झर्यो शेयर बजार

काठमाडौं । सेयर बजारको परिसूचक नेप्से १२ सय अंक मुनि झरेको छ । अघिल्लो दिनभन्दा १५ अंकले कमी आएको नेप्से ११ सय ९४ अंकमा अडिएको छ । गत चैतमा शेयर बजार १२ सयबाट तल झरेपछि पुनः उकालो लागेको थियो ।

आज कारोबार सुरु भएदेखि नै घट्न थालेको शेयर बजार अन्तिम ३० मिनेटमा मात्रै थप ६ अंकले ओरालो झर्दा नेप्से सूचक ११९४.८० विन्दुमा रोकिएको छ । आज एकै दिन १५ अंकले बजार ओर्लिएको हो ।

कुल १६० कम्पनीको २३ करोड १० लाख रुपैयाँ बराबरको सेयर किनबेच भयो। यस दिन सबै समूहहरु ओर्लिएका छन् । बैंकिङ १२, होटल ५२, विकास बैंक १४, जलविद्युत ११, फाइनान्स ५, बिमा ७८, उत्पादन ५०, अन्य ५ र माइक्रोफाइनान्स समूह ३२ अंकले झरेका हुन् ।

कारोबारका आधारमा नविल बैंक संस्थापकको सेयर अग्रस्थानमा रह्यो । सो कम्पनीको १ करोड ३१ लाख रुपैयाँको कारोबार भयो

यस दिन आरम्भ माइक्रोफाइनान्सको मूल्य ५ प्रतिशतले बढेको छ । सप्तकोसी विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरे ७ प्रतिशत गुमाए ।

बारेमा माेहन सिपाडाेल

यॊ पनि हेर्नुहॊस

एनपीएलका खेलहरु एक्सन स्पोर्ट्समार्फत् युट्युबमा हेर्न सकिने

काठमाडौँ । बहुप्रतिक्षित नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणका खेलहरूको युट्युब प्रसारण अधिकार एक्सन …

प्रतिकृया दिनुहॊस