काठमाण्डाै ।मंगलबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक २९.२२ अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार मंगलबार नेप्से २९.२२ अङ्कले बढेर ३ हजार ७९ दशमलव ६५ बिन्दु मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ३ दशमलव १९ अङ्कले ब ढेर ५७४ दशमलव ३० मा पुगेर रोकिएको छ ।
स्टकका अनुसार आज कुल २२५ कम्पनीका ३ करोड २३ लाख ५५ हजार २६० कित्ता शेयर १५ अर्ब १७ करोड ६ लाख ५१ हजार ६४३ रुपैयाँ ०५ पैसामा खरिद–बिक्री भएको छ ।
तपाईंको प्रतिकृया




