सानिमा लाइफ इन्स्योरेन्सको रु. ६० करोडको आईपीओ साउन २० बाट निष्कासन हुने

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले साउन २० गतेबाट ६० करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने भएको छ।

रु  १०० अंकित दरका कुल ६० लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको हो।

सानिमा लाइफको आईपीओमा सर्वसाधारणले न्यूनतम १० कित्ता र अधिकतममा ३० हजार कित्ताका लागि आवेदन दिन पाउनेछन्।

कुल ६० लाख कित्तामध्ये ५ प्रतिशतले हुन आउने ३ लाख कित्ता सेयर कर्मचारीका लागि र ५ प्रतिशतले हुन आउने ३ लाख कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ।

बाँकी ५४ लाख कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री