काठमाडौँ । कोरियामा एक नेपाली युवकले झुण्डिएर आत्महत्या गरेका छन् ।
रामेछाप मन्थली नगरपालिका भुलुवाजोरका विष्णु श्रेष्ठले आइतबार साँझ घाँटीमा पासो लगाई आत्महत्या गरेका हुन ।
श्रेष्ठ कोरियामा किम्हे खिन्हुङस्थित मासुका लागि पालिने एक गोरु फार्ममा कार्यरत थिए । उनी विगत तीन वर्षदेखि रोजगारीको सिलसिलामा कोरियामा थिए ।
तपाईंको प्रतिकृया




