काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा कोभिड-१९ संक्रमणमुक्त भएका छन् । सामाजिक सञ्जालमार्फत आफूसँगै परिवारका सबै सदस्य संक्रमणमुक्त भएको जानकारी दिएका हुन् ।
‘कोरोनामाथि विजय हासिल गर्न सफल भएका छौँ हामी । शारीरिक कमजोरी केही समय रहला तर अब सङ्क्रमणमुक्त बनेका छौँ’ उनले ट्वीटरमा लेखेका छन्, ‘सबै मित्रको शुभेच्छा र चिकित्सकहरुको मार्ग निर्देशनप्रति हृदयले आभारी छौँ । कोरोनाबाट सजगतासाथ जोगिन सबैलाई अपिल गर्दै, सङ्क्रमितहरुलाई उच्च मनोबल राख्नुहुन आग्रह गर्दछौँ ।’
कोरोनामाथि विजय हासिल गर्न सफल भएका छौं हामि ! शारीरिक कमजोरी केहि समय रहला तर अब संक्रमणमुक्त बनेका छौं l सबै मित्रको शुभेच्छा र चिकित्सकहरुको मार्ग निर्देशनप्रति हृदयले आभारि छौँ l
कोरोनाबाट सजगतासाथ जोगिन सबैलाई अपील गर्दै,संक्रमितहरुलाई उच्च मनोबल राख्नुहुन आग्रह गर्दछौं l— Bishwa Prakash शर्मा (@bishwaprakash77) May 25, 2021




