विराटनगर । कोरोना संक्रमणबाट गर्भवती महिलाको मृत्यु भएको छ ।
विराटनगर-५ कोचाखाल निवासी ३७ वर्षीया महिलाको विराटनगरस्थित नोबेल अस्पतालमा मृत्यु भएको हो ।
आठ महिनाकी गर्भवती महिलालाई स्वास्थ्यमा समस्या भएपछि बुधबार अस्पतालमा भर्ना गरिएको थियो ।
ती महिलामा ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पतालमा भर्ना गरिएको थियो ।
तपाईंको प्रतिकृया



