३ सयले घट्यो सुनको मूल्य,तोलाको कति पुग्यो ?

काठमाडौँ । आज मंगलबार नेपाली बजारमा  सुनको मूल्य घटेको छ भने चाँदीको चाहिँ स्थिर रहेको छ । सोमबारको तुलनामा मंगलबार सुन ३ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा ३ सय रुपैयाँले घटेर ९० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ९० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी भने आज स्थिर रहँदै प्रतितोला १ हजार ३०० रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने सरकारको निर्णय

काठमाडौं । सरकारले एक सय रुपैयाँ दरको नोटको डिजाइन परिवर्तन गर्ने निर्णय गरेको छ । …

प्रतिकृया दिनुहॊस